आज्ञा खबर
धनुषा
आठ मन्त्रालय पाउने शर्त सहित मन्त्रीहरुको नाम समेत टुंगो लगाएको नेकपा एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने भएको छ ।
धनुषा क्षेत्र नं. ४ बाट निर्वाीचित महासेठले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री पाउने नेताहरुले बताएका छन् ।
जस्मध्ये पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।
महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।