२३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितको बिचल्नी

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
देशकै सुदुरपुर्व तथा पश्चिम बाट २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितको बिचल्ली भएको छ।

काठमाडौंको थानकोटमा रहेको त्रिभुवन पार्कको खुला चौरमा आश्रय लिइरहेका उनिहरु सुदुर पुर्वको काँकडभित्ता तथा सरदुर पश्चिमको महेन्द्रनगरबाट काठमाडौ केन्द्रित आन्दोलनमा
बुधबार राजधानी छिरेका हुँन ।
२३ दिनमा १ हजार १ सय ७५ किलोमिटर यात्रा गरेर थकित, उदास र निरास भएका उनिहरु खुल्ला आकाश मुनिको बसोवास संगै काठमांडौमा पानी पर्न थालेपछी थप कष्ट भोग्न बाध्य भएका छन्।

सरकारले मिटरब्याज पीडितसँग गरेको सम्झौता लागू नगरेको भन्दै उनीहरू फेरि न्याय खोज्दै आन्दोलन गर्न काठमाडौं आएका हुन्। यसअघि पनि उनीहरूले काठमाडौंमा आन्दोलन गरेका थिए। त्यसपछि सरकारले गत चैतमा यसको जाँचबुझ गर्न आयोग बनायो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले आठ महिना अध्ययन गरेर सुझाव र निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

प्रतिवेदन अनुसार यस अवधिमा आयोगमा परेका करिब २८ हजार उजुरीमध्ये पाँच हजारमा मिलापत्र भइसकेको छ। बाँकी २३ हजार उजुरीको छिनोफानो गर्ने जिम्मा राज्यको काँधमा छ। तर आयोगले सिफारिस गरे पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै उनीहरू फेरि आन्दोलन गर्न काठमाडौं आएका हुन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...