आज्ञा खबर
सलार्ही
सर्लाहीका जिल्ला अध्यक्ष सहित दुईजना नेता आम जनता पार्टीमा प्रवेश गरेका छन् । नेकपा एमालेका सर्लाही जिल्ला नेता तथा राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष सुनील कुमार गुप्ता र युवा नेता निरज गुप्ता आईतवार आम जनता पार्टीमा प्रवेश गरेका हुन् ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले खादा र माला ओढाएर उनिहरुलाई पार्टीमा प्रबेश गराएका हुन ।
एमाले पार्टी जनादेश विपरीत गएको, संगठनमा काम गर्नेभन्दा चाकडि गर्ने भजनमण्डलीको बढी हालीमुहाली रहेको नवप्रवेशीको आरोप छ ।
पछिल्लो समय देशमा वैकल्पिक शक्तिको रुपमा आम जनता पार्टी दूरदर्शी सोच, संगठन र संघर्ष अघि बढाईरहेको निचोड सहित आफूहरु आजपामा प्रवेश गरेको उनीहरुले बताएका छन ।