सम्झौताले प्लास्टिक फोहोर व्यवस्थापनमा सहयोग पुग्ने उपमेयर तारादेबी महतो

निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाले अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि ग्रीन सिफ्ट परियोजनासँग साझेदारी गरेको छ। चक्रीय युरोपेली संघको सहयोगमा कार्यन्वयन हुन लागेको चार वर्षीय परियोजना सो सम्झौता क्रिएशनले सञ्चालन गरिरहेको छ । बर्दिवास नगरपालिकाका उपमेयर तारादेवी महतोले फोहोरमैला व्यवस्थापनका लागि तथ्यांक संकलन, अनुसन्धान र नीति निर्माणमा सहयोगलगायतका विषय रहेको सम्झौतापत्रमा हस्ताक्षर गरेकी छिन् ।

सम्झौताले प्लास्टिक फोहोर व्यवस्थापनमा सहयोग पुग्ने बताइन् । यो परियोजना सफल पार्नमा नगरको सबै पक्षकोसहयोग रहने भन्दै यसबाट नगरका सबैको हितकर हुँने बताइन् ।

ग्रिनसिफ्ट नेपाल परियोजनाले बर्दिवास नगरपालिका सहित बागमती, लुम्बिनी र मधेश प्रदेशका नौ वटा पालिकामा काम गरिरहेको छ । ग्रीनसिफ्ट नेपालले फोहोर सङ्कलन गर्ने उद्योग, साना तथा मझौला उद्योग, सफाइकर्मीहरुको संस्था, युवाहरू, विद्यालयका बालबालिकाहरू रसरकार मिलेर काम गरिरहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...