व्यवसायीको आह्वानमा आज दिउँसो २ बजेसम्म जनकपुर बजार बन्द

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
प्रहरी प्रशासनको विरोधमा जनकपुरधाम उद्योग बाणिज्य संघले आज दिउँसो २ बजेसम्मका लागि बजार, उद्योग र व्यवसाय बन्द गरेको छ ।
उद्योगी व्यवसायीको आह्वानमा आज बिहानैदेखि जनकपुरधाम बजार बन्द भएको हो ।।

व्यवसायीलाई जथाभावी पक्राउ गरी बदनाम गराउने प्रयास गरेको आरोपमा धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्मालाई कारबाही तथा सरुवा गर्ने मागसहित व्यवसायीइले मुख्यमन्त्री कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । सोहि घटनालाई लिएर उद्योगी व्यवसायीले बजार बन्द गराएका हुँन् ।

बिल बिजकबिना सुनको अबैध कारोबार गरेको भन्दै गत बुधबार धनुषा प्रहरीले जनकपुरधामका सुनचाँदी व्यावसायीहरू बलराम साह, अरूण ठाकुर तथा सिरहा मिर्चैयाका अजय साह सोनार र संजय साह सोनारलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयालाई जिम्मा लगाएको थियो । विभागले बिहीबार उनीहरूलाई धरौटीमा रिहा गरेको थियो ।