कलैयाका मेयरलाई धम्की दिने पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
कलैया उपमहानगरपालिकाका मेयरलाई धम्की दिने भोला गिरीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका मेयर बिनोद साहलाइ धम्की दिने पर्साको सखुवाप्रसौनी गाउँपालिका ५ बस्ने भोला गिरीलाइ पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जनाए ।
उनका अनुसार मेयर साहले आफूलाई तारान्तार आइरहने धम्कीबारे गराएको जानकारी अनुसार गिरीलाइ पक्राउ गरिएको बताईएको छ ।

पक्राउ परेका उनलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।