राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको अध्यक्षमा अरुण कुमार पाख्रिन चयन

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको अध्यक्षमा अरुण कुमार पाख्रिन चयन भएका छन् । राष्ट्रिय युवा संघ सिन्धुली जिल्ला कमिटिले सोमबार नयाँ कमिटिको नाम सार्बजनिक गरेको हो ।
पाख्रिनको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी समेत बनेकोे जनाइएको छ । जस्को उपाध्यक्षमा पोष्टराज काफ्ले,सचिवमा श्रवण कुमार नेवा खड्गी, सह सचिवमा शिव बराल, मनोज कुमार दर्लामी, कोषाध्यक्षमा प्रमोद भुजेल सहित ५१ सदस्यीय चयन भएका हुन् ।
९ बर्षपछि गत भदौ १७ र १८ गते ९ औँ अधिवेशनको आयोजना गरिए पनि नयाँ कमिटि टुङ्ग्याउन नसकेपछि अधिवेशन स्थगित गरिएको थियो । करिब ४ महिना पछि राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नयाँ कमिटि चयन भएको हो ।