गौशाला नगरपालिकामा निःशुल्क लोकसेवा कक्षा संचालनमा

[sharethis-inline-buttons]

नागेन्द्र साह
गौशला
महोत्तरीको गौशाला नगरपालिकाको कार्यालयले निःशुल्क रुपमा लोकसेवा संचालनको लागि तयारी गरिएको छ । आर्थिक बर्ष २०८०।०८१ को बार्षिक योजना अन्र्तगतमा रहि पालिकामा बसोबास गर्ने समाजिक रुपमा पछाडि पारिएको, आदिवासी, दलित, जनजाति , महिला, अपागंहरुको हकमा निःशुल्क रुपमा लोकसेवाको कक्षाको तयारी गरिएको छ । नगरपालिकाको कार्यालयले एक सुचना प्रकाशन गरि २३ गतेभित्र ईच्छुकलाई आवश्यक कागजात सहित नगरकार्यपालिकामा सम्पर्क राख्नका लागि आग्रह गरिए्रको छ ।

श्रोत रुपान्तरण अनलाईन