जनस्वास्थ्यको सवालमा वर्दिवास नगरपालिका सदैव अग्रिण भुमिका ः नगरप्रवक्ता महतो

[sharethis-inline-buttons]

धनवीर महतो
वर्दिवास, महोत्तरी / जनस्वास्थ्यको सवालमा वर्दिवास नगरपालिका सदैव अग्रिण भुमिकामा रहेको पाईएको छ । नगरका १४ वटै वडामा सामुदायिक स्वास्थ्यसस्था संचालन गरि आवश्यकमात्रामा दक्ष जनशक्ति र उपकरणको प्रवन्ध मिलाएर जनसेवा प्रदान गर्दै आएको वर्दिवास नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरले स्वास्थ्य क्षेत्रमा संवेदनशील भई कार्यसम्पादन गर्दै आएको नगरप्रवक्ता एवम् वडा नं. १४ का वडाअध्यक्ष विजयकुमार महतोले बताए । वडाअध्यक्ष महतोले रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा भने, यहाँका नागरिक कोही पनि स्वास्थ्यसेवाबाट बन्चित छैन् । सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि नगरपालिका प्रतिवद्ध छ । नगरभरिमा रहेका सामुदायिक स्वास्थ्य संस्था दक्ष जनशक्ति अनि औषधीको प्रबन्ध गरिएको छ ।

Bardibas Hospital starts providing maternity services

यसै महिनादेखि वर्दिवास अस्पतालमा पोष्टमार्डम (शवपरिक्षण) शुरु भएको जानकारी दिदै नगरप्रवक्ता महतोले भने अव अस्पताल क्रमिक रुपमा स्तरोन्तीतर्फ लम्किदैछ । चौतर्फी सहयोगको अझ आवश्यक रहेको छ । सवैले सहयोग गरे वर्दिवास अस्पतालमा सोचेजस्तो स्वास्थ्योपचार पाउन सकिन्छ ।