आज्ञा खबर
सर्लाही
सर्लाहीमा भारतीय मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सर्लाहीकै कौडेना गाउँपालिका ६ का २० वर्षीय इन्दल सहनीको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बीआर ३० डब्लु ६३९० नम्बरको भारतीय मोटरसाइकल विष्णु गाउँपालिका ६ मा गएराति दुर्घटना हुँदा सहनीको ज्यान गएको हो।
तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।