डिजेल र मट्टी तेलको मूल्य घट्यो

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।  भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मुल्य घटेर नआएपनी नेपाल आयल निगमले डिजेल र मट्टीतेलका को मूल्य घटाएको हो ।

निगममा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार राति १ बजेदेखि नयाँ मूल्य लागु हुने छ ।
निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको उनले बताए । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...