अवैध उत्खनन्मा प्रयोग भएको ट्याक्टर र टिपर प्रहरी नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
अवैध नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएको ९ वटा ट्याक्टर र एउटा टिपर धनुषा प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ८ स्थित दिगम्बरपुरस्थित जलाद खोलामा उत्खनन् गरिरहेको ज १ त ७२१७, ज १ त ६२७५, ज २ त ११३, ज १ त ४२९८, ज १ त ५१३२, ज १ त ७५९७, प्र २–०३–०१ त ४९९७, अन टेस्ट आइचर २४२ र अनटेस्ट जन डियर ५०४५ नम्बरको ९ वटा ट्रयाकटर नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।

यस्तै शुक्रबार अवैध रुपमा बालुवा, गिट्टि उत्खनन गरी लैजादै गरेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका ५ महिला विकास चोकबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटि गएको गस्ती टोलीले ना ८ ख १६५१ नं।को लोड टिफर समेत नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्याक्टर र टिफर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...