आज्ञा खबर
बर्दिवास
यस आज्ञा खवर डटकम’ को २०८० साउन १ गते विहान ०९ः१२ बजे निकेश खनालको वाईलाइनमा प्रेषित पत्रकार तोलाङ्गेको कालो करतुत मिटर व्याज धन्दा’ शिर्षक समाचार र २०६० साउन ९ गते अपरान्ह १३.०६ बजे प्रेषित पत्रकारिताको आडमा मिटरब्याजको धन्दा तोलाङ्गे विरुद्ध जिल्ला प्रशासनमा ४ उजुरी शिर्षक समाचारप्रति मिटर ब्याजका आरोप खेपिरहेका आशा तोलाङ्गे, र उनको श्रीमान मनोज थापाको विमति रहेकोले यो खण्डन प्रकाशित गरि उनिहरुको भनाईलाई स्थान दिईको छ ।
तोलाङ्गे, र उनको श्रीमानको भनाई अनुसार समाचार आफैमा असंतुलित रहेकाले कथित समाचारमा हाम्रो भनाई नराखिएको बताईएकाले तोलाङ्गे दम्पतीको भनाईलाई स्यान दिईएको हो।
कसैले कसैको नाममा निवेदन वा उजुरी हाल्दैमा त्यो व्यक्ति र संस्था दोषी वा अपराधी हुन नसक्ने तोलाङ्गे दम्पतीले बताएका छन।
त्यसै गरि समाचारमा हामीमाथि मीटरव्याजी’ भएको दोषारोपण गरिएको छ । त्यसको आधार भने न खुलाईएको तोलाङ्गे दम्पतीले जनाएका छन।
ऋणीहरु विपन्न र ज्यामी काम गरेर जीवन निर्वाह गरिरहेको’ उल्लेख छ । अर्कोतिर सोही समाचारमा उहाँहरुले हामीलाई प्रत्येक १० दिनमा सो ऋणको २५ हजारका दरले ४ लाख ७५ हजार व्याज र त्यसको साँवा २ लाख ५० हजार भुक्तानी गरिसकेको’ लेखिएको छ । के ज्यामी काम गर्ने विपन्नले हरेक १० दिनमा त्यति ठूलो रकम भुक्तानी गर्न सक्छ भनि प्रश्न गरेका छन ? समाचारमा मैले पत्रकार भएको दम्भ राखदै घरघरै पुगेर ऋण नतिरे पत्रिकामा नाम छापि दिने धम्की दिएको कुरा पनि उल्लेख छ । मेरो दिदी अनितालाई ज्वाइसंग विहे गराउने जस्ता अति निकृष्ट र सभ्य समाजको अगाडी भन्नसमेत नमिलने हदैसम्मको आरोप पनि लगाईएको छ । कुनै अधार र प्रमाण विना मेरोविरुद्ध विष वमन गरिएका यस्ता कल्पनातीत आरोपबारे हामीलाई आफनो पक्ष राख्ने अवसरै नदिईएको भनिएको छ।
साथै संप्रेषित एक पक्षिय यो समाचार लेखिएकोमा हाम्रो असहमती रहेको बताईएको छ ।
हामीले ६ धुर जग्गा, घर, विजुली र पानीको मीटरसमेत आफनो नममा गरि हडपेको अर्को आरोप लगाइएको छ ।
यसवारे पनि समाचारमा हामीलाई आफनो भनाई राख्ने मौका दिइएको छैन । वडाको प्रमाणीकरण, विद्युत कार्यालय र खानेपानी कायालयको प्रतिकृयासमेत उल्लेख गरिएको छैन । यसरी एक पक्षको भनाइ र आरोपलाई मात्र उद्धृत गरेर लेखिएको समाचार छापिएको छ।
समाचारमा जस्लाई मूल पीडित देखाउने प्रयास गरिएको छ उसले एउटै पुर्जाको किर्ते गरि अन्य व्यक्तिसंग पनि लाखौ रुपैया ठगी धन्दा गरेको कुरो पनि वडामा भएको छललफमै खुलेको हो । तर समाचारमा त्यस्को उल्लेख गर्ने प्रयास किन गरिएन ? अतः हामीविरुद्ध समाचारमा लगाइएको आरोप आधारहीन कपोलकल्पित र रहेकोले यो खण्डन प्रकाशित गरि दिनहुन अनुरोध छ । खन्डनमा
भनिएको छ ।
समाचारमा बर्दिवास वडा नम्बर ३ गौरीवासमा बसोवास गर्ने उनका छिमेकी गरिब तथा दलित विपन्न वर्गलाई ऋण दिने र मिटरब्याज अनुसार चर्को रकम असुली गर्ने गरेको तथ्य सार्वजनिक भएको, मिटरव्याज आरोप लागेका तोलाई दम्पति भने आफुहरुमाथि लगाइएको आरोप र आफुविरुद्ध बाहिर आएका समाचार गलत भएको भन्दै आफै सन्चालक रहेको प्रभात सन्देश दैनिक पत्रिकामार्फत खण्डन गर्दै आएका, सिङ्गो गरिव र दलितको वस्तिनै उठिवास लाउने तोलाई दम्पतिको कार्य निरङ्कुश र शोषणको चरम नमुना भएको समाजसेवी प्रमिला ढुङ्गानाले बताएको, आफनै माईती टोलमा घर बनाएर बसेकी तोलाङ्गेलाई त्यहि टोलका मानिसले दुध खुवाएर पालेका तर अहिले उनी गोमनभ भएर सबैलाई डस्न थालेकाले गरिबहरूप्रतिको अन्याय विरुद्वमा पीडितलाई आफुहरुले साथ दिइरहेको महिला नेता तथा समाजसेवी पवित्रा देवकोटाले बताएको, पत्रकारको दम्भ देखाएर भएको यस्तो धन्दाविरुद्ध पत्रकारले पनि बोल्नु र लेख्नुपर्ने, २ लाख ५० हजार ऋण सापटी लिएकोमा प्रत्येक १० दिनमा सो ऋणको २५ हजारको दरले ४ लाख ७५ हजार ब्याज र त्यसको सांवा २ लाख ५० हजार भुक्तानी गरीसक्दा समेत पटक–पटक अनिताको घरमा गएर म पत्रकार हूँ ऋण खाएर तिर्न नसक्ने भए मेरो पत्रिकामा ऋण नतिरेको भनी छापिदिन्छु भन्दै धम्कि दिने गरेकोले न्यायको लागि उजुरी दिएको पिडित अनिताले बताएको भनी सम्बन्धित समाचाको खन्डन गर्दै तोलाङ्गे दम्पतीले झुटो रहेको बताएका छन।
खन्डनमा भनिएको कुरा जे जस्तो रहेपनी लेखिएका दुबै समाचार तथ्यमा आधारीत रहेको स्थानियले बताएका छन