आज्ञा खबर
बिराटनगर
टिपरको ठक्करबाट मोरङको उर्लाबारीमा डाक्टरको मृत्यु भएको छ ।
मंगलबार बिहान उर्लाबारी नगरपालिका– ४ स्थित ओमसाई पेट्रोल पम्प नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार सप्तरी घर भएका डा. निरज यादव को मृयु भएको हो उनी प्रदेश १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकलमा सवार पूर्वतर्फ जाँदै थिए ।
उनलाई पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पु¥याएको केहीबेरमै यादवलाई चिकित्सकले बिहान ६ः ५० बजेतिर मृत घोषित गरेकोे मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
हाल टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
डाक्टर यादव झापाको कनकाई अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा कार्यरत थिए । घरबाट काममा जाने क्रममा उनी दुर्घटनामा परेका हुन् ।





































