आज्ञा खबर
बर्दिवास
बर्दिबास नगर पत्रकार संजालको लेटर हेड दुरुपयोग गर्ने गैर सदस्यप्रती सञ्जालको ध्यानाकर्षण भएको छ । संस्थाका अध्क्षय गोपाल प्रसाद बरालले संस्थाबाट बिदाई गरीएका सदस्य ताथा पदाधिकारी ले संस्थाको लेटर प्याड दुरुपयोग गरेर मोमानी गरेकोमा आपती जनाएका हुँन ।
कार्यक्षेत्र परिवर्तन गरेर काम गरिरहेका संस्थाका निबर्तमान सचिब राजकरण महतो र साधारण सदस्य सुरेन्द्र महतोलाई तेश्रो साधारणसभाले बिधानअनुसार बर्दिवास क्षेत्रमा कार्यरत भएर काम नगरेकोले साधारण सदस्यता तत्काल कायम नरहने निर्णय गरेको हो ।
सदस्यता कायम नरहेका मध्ये पूर्व सचिव समेत रहेका राजकरण महतोले लेटर हेडको दुरुपयोग गरि तेस्रो साधारणसभा तथा दोश्रो अधिबेशन नभएको भन्दै भ्रम छर्न खोजेपछि संजालको ध्यानाकर्षण गराएको अध्क्षय बरालले जनाए ।
संजालले महतोले निकालेको बिज्ञप्तिप्रती झुठो र असत्य भएकोमा आपत्ति जनाउदै संस्थाको विधि र बिधान अनुसार नै अधिबेशन तथा साधारणसभा सम्पन्न गरेको संस्थाका सचिब बिशाल बस्नेतले २०८० ÷५÷११ गत्ते निकालेको प्रेस बिज्ञप्ती मार्पmत प्रष्ट पारे ।
काठमाण्डौ कार्यक्षेत्र वनाएर काम गरिरहेका महतोले गुटबन्दी तथा बिधान मिचेर अराजक गििबधि सिर्जना गरेर संस्थाको गरिमालाई नै धुमिल बनाउन खोजेको पनि बिज्ञप्तीमा उल्लेख छ ।
बैठकका लागि पटक–पटक बोलाउदा समेत उपस्थित हुन नसक्ने र काठमाण्डौ बसेर संस्थाको हितविपरीत अस्वभाविक काम गर्ने महतोलाई लेटर हेडको दुरुपयोग गरेवापत कानुनी उपचार समेत खोज्ने संजालले जनाएको छ ।
अब उपरान्त यस्तै अवैधानिक कामकाजमा सहभागी नहुन पनि संजालले महतोलाई चेतावनी दिएको विज्ञप्तीमा उल्लेख छ,। “अवैधानिक साधारण सभा भनि पूर्व सचिव महतोले जारी गरेको विज्ञप्तीमा उल्लेखित कुरा बिलकुल कपोकल्पित र भ्रम सृजना बाहेक केहि हैन । साधारण सभा शतप्रतिशत विधान सम्बत भएको जानकारी सबैमा संजालले गराउन चाहन्छ ।“
संजालका सचिव विशाल बस्नेत द्वारा जारी विज्ञप्तीमा संजालको विधानको परिच्छेद ४ मा साधारण सभा तथा कार्यसमिति सम्बन्धी भएको व्यवस्था अनुसार “दफा १२ मा साधारण सभा गर्दा साधारण सभाका कुल सदस्य संख्याको गणपुरक संख्या ६० प्रतिशत हुनुपर्ने र पुनः बोलाइएमा सभाको बैठकमा ५१ प्रतिशत हुनुपर्ने ब्यवस्था बिधानमा छ ।संजालको मिति २०८० भदौ ९ गते शनिवारका दिन सम्पन्न साधारण सभामा कुल १३ जना सदस्यहरु मध्ये ९ को उपस्थिती रहेको थियो । जुन कि ६० प्रतिशत भन्दा माथि रहेको उल्लेख गरिएको छ।
सचिव बस्नेतका अनुसार संजालको उपाध्यक्ष सुभद्रा भुजेलको अध्यक्षतामा उदघाटन सत्र संचालन गरि विधिवत सम्पन्न भई सकेपछि दोश्रो बन्द सत्र संजालको जेष्ठ सदस्य गोपनल प्रसाद बरालको अध्यक्षतामा संचालन भएर कामकारबाही अगाडि बढाइएको जानकारी सबैलाई गराउन चाहेको बताईएको छ ।
शिरीश न्युजबाट साभार
