एसईईको रिजल्ट केहीदिनमै आउँने

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागि भएका थिए ।
बोर्डले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्न लागेको हो ।

यसपटक पनि एसईईको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशित गरिने बोर्डले जनाएको छ । साथै, नतिजा प्रकाशनका लागि पाँच वटा संस्था नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र क्रियसन सफ्रट नेपाल प्रालिले एसईईको नतिजा प्रकाशनका लागि अनुमति पाएका हुन् । यस्तै, १४ वटा बेवसाइटबाट पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...