राजगढ गाउँपालिकामा उपाध्यक्षले लगाएको ताला खुल्यो

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीको राजगढ गाउँपालिकामा उपाध्यक्ष रेणुदवी मण्डलले आईतवार लगाएको ताला सोमबार दिउँसो खोलिएको छ ।
आइतबार गाउँसभाको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि उपाध्यक्ष मण्डलले गाउँसभा गर्नुअघिका प्रक्रियाहरू पूरा नगरिएको र निर्णय पुस्तिका पढ्न नदिई हस्ताक्षर गराउन खोजेको भन्दै पालिका अध्यक्ष सहितका शाखाहरुमा तालाबन्दी गरेकी थिइन्।
सोमबार अध्यक्ष र उपाध्यक्ष समेतको सहभागितामा भएको छलफलको सहमतिपछि तत्काल ताला खोल्ने र गाउँसभाका अन्य प्रक्रियाहरू सूचारू गरिने सहमती भएपछी ताल्चा खोलिएकोे हो ।