मधेस सरकारमा लोसपा सहभागी हुँदै

आज्ञा खबर
धनुषा
मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी सहभागी हुने भएको छ ।
लोसपा मधेस प्रदेशका प्रदेशसभा सदस्य रमेश पटेलको नेतृत्वमा वन तथा वातावरण मन्त्रालय सम्हाल्ने गरी सरकारमा सहभागी हुन लागेकोे सो पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

‘अरू थप मन्त्रालयको बारेमा छलफल चलिरहेको छ, तर अहिले एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने सहमति भएको छ’ सोनलले भने । पार्टीका तर्फबाट पटेलले वन मन्त्रीको रूपमा शपथ लिने उनले जानकारी दिए ।

लोसपाले मधेस प्रदेशमा दुईवटा मन्त्रालय माग गरिरहेको छ । तर एउटा मन्त्रालयमा हाल सहमति भएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...