कोरोना सङ्क्रमणबाट एकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं:लामो समयपछि कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। गएको ३ महिनामा कोरोनाको कारण कसैको मृत्यु भएको थिएन।

मंगलबार वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मृत्यु भएको पुष्टि भएको छ । तीन सातादेखि उपचार गराइरहेका पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यसअघि, कोरोना संक्रमणबाट पुस २३ गते एक जनाको मृत्यु भएको थियो । यसैगरी, मंगलबार देशभरमा एक सय छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४ सय ३६ नमुनामध्‍ये ४ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९ सय ६० जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जना गरी एक सय छ जनामा कोरोना संक्रमण देखिएको हो ।