आज्ञा खबर
हेटौँडा :बागमती प्रदेशमा कोरोनाको संक्रमण बढेको छ । प्रदेशको सहरी क्षेत्रहरूमा कोरोनाको संक्रमण बढ्दै गएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोमबार राती पठाएको तथ्याङक अनुसार सोमबार परीक्षण गरिएकाहरुमध्ये ६३ जनामा संक्रमण फेला परेको हो ।
सोमबार कोरोना संक्रमणको शंका लागेर बागमतीका ३ सय ६६ जनाले परीक्षण गरेका थिए जसमा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका डाक्टर रविन भुसालले बताए ।
कोरोना संक्रमणबाट बच्नका लागि र सावधानीका उपायहरू अपनाउनको लागि समेत उनले अनुरोध गरेका छन् ।