मृगौलाको डायलसिस सेवा अब सिन्धुलीमै निशुल्क पाइने

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
सिन्धुलीको कमलामाई नगरपालिका–६ शिवनगरस्थित कोभिड अस्पतालबाट मिर्गौलाका बिरामीले हेमोडायलसिस सेवा निशुल्क पाउने भएका छन ।
गत मंगलबार दुई बिरामीको डायलसिस गरेर सेवा आरम्भ गरिएको थियो । सेवा सुरुवात गरिएको हप्ता दिन नवित्दै सम्पर्कमा आउने सेवाग्राहीको संख्या बाक्लो देखिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिशचन्द्र ढकालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बागमती प्रदेश सरकार र सिन्धुली अस्पताल विकास समितिको संयुक्त लगानीमा उक्त सेवा प्रदान गर्न थालिएको छ । प्रदेश सरकारले पाँच वटा डायलसिस मेसिन र उपकरण उपलब्ध गराएपछि आवश्यक तयारी तथा व्यवस्थापन र प्रक्रिया अस्पताल विकास समितिले पुरा गरेर सेवालाई प्रभावकारी बनाउन लागेको उहाँले बताउनुभयो ।