भ्याक्सिन छैन, बुस्टर डोज कसरी लगाउने?

[sharethis-inline-buttons]

जे एण्ड जे खोप लगाएकाले पनि बुस्टर लगाउन मिल्छ – स्वास्थ्य मन्त्रालय –  Online Khabar

नेपालगञ्ज( स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढेकाले अतिरिक्त मात्रा ९बुस्टर डोज० लगाउन आग्रह गरेको छ।

दुवै छिमेकी मुलुक चीन र भारतमा बिएफ(७ नामक नयाँ प्रजातिको भेरियन्ट देखा परेकाले मन्त्रालयले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेको हो। मन्त्रालयले सीमा नाकामा सजगता अपनाउन पनि भनेको छ।

बुस्टर डोज लगाउने र नाकामा सतर्कता अपनाउने मन्त्रालयको दुवै आग्रह बाँकेको हकमा तारताम्य मिलेको देखिँदैन। किनकि बुस्टर डोजका लागि अहिले यहाँ भ्याक्सिन छैन। नेपालगञ्ज नाकामा दशैँदेखि नै कोरोनाको जाँच हुन छोडेको छ। जाँच नै नहुने नाकामा कसरी सजगता अपनाइएलारु जहाँ हेल्थ डेस्कका १९ जना कर्मचारी काम नपाएर बसेका छन्।

बुस्टर डोज लगाउनु भनेपछि मन्त्रालयले भ्याक्सिन पठाइदिनु पर्थ्यो। त्यसो गर्न सकेको छैन। स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले अहिले जिल्लामा भ्याक्सिन नभएको बताए। उनले जनवरी महिनामा भ्याक्सिन आइपुग्ने जानकारी दिए।

बाँके जिल्ला कोरोनाको पहिलो र दोस्रो लहरको हटस्पट नै हो। कोरोनाको महामारी देखेको र खेपेको हुनाले यहाँ कोरोना खोप लगाउनेको प्रतिशत ठिकै छ। स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन श्रेष्ठका अनुसार, जिल्लामा कोरोनाको पहिलो खोप ९२।९ प्रतिशत, दोस्रो खोप ८२।१ प्रतिशत र बुष्टर डोज २३ प्रतिशतले लगाएका छन्।

जिल्लामा ६ लाख १९ हजार ३३६ जनसंख्या छ। त्यसमध्ये १८ वर्षमाथिका ४ लाख ६ हजार १६५ छन्। सरकारले प्राथमिकता दिएको बुस्टर डोज एक लाख ३९ हजार ३०७ जनाले लगाएका छन्।

भारतमा नयाँ भेरियन्ट देखा परिसकेकाले त्यो संक्रमण जतिबेला पनि नेपाल भित्रिन सक्छ। सरकारले नाकामा जाँच गर्ने र लक्षण, चिन्ह देखिएकालाई छुट्टै राखेर उपचार गर्नुपर्ने देखिन्छ।

नेपालगञ्ज नाकामा जाँच गर्ने संरचना र जनशक्ति पर्याप्त छ। स्पष्ट निर्देशनको अभावमा भइरहेको काम पनि दशैँदेखि रोकिएको छ। मन्त्रालयले आफैँले नाकामा सजगता अपनाउन आग्रह गर्ने तर मातहतलाई निर्देशन र चाहिने सामग्री नपठाउने कार्यले बोली र गराईको तालमेल मिलेको देखिँदैन।

भारतमा संक्रमण फैलिनेबित्तिकै कामका लागि त्यहाँ पुगेका लाखौँ नेपाली घर फर्किन्छन्। यसअघिको महामारीमा यस्तो देखिसकिएको छ। महामारीकै रूप लिइसकेपछि मात्रै तातिनेभन्दा पनि अहिलेदेखि नै भारतबाट आउने नेपालीलाई नाकामा राम्ररी जाँच गर्ने र लक्षण चिन्ह देखिएकालाई उपचार गरेर घर पठाउने व्यवस्था मिलाउनु पर्छ।

नेपालगञ्ज नाकाबाट संक्रमण छिर्नु भनेको कर्णाली प्रदेशका गाउँगाउँमा पुग्नु हो। किनकि, कर्णाली प्रदेशका मानिस यही नाकाबाट भारतमा मौसमी कामका लागि जाने गर्दछन्। फर्किँदा पनि यही नाकाबाट फर्किन्छन्। गाउँगाउँमा पुग्ने संक्रमणलाई सम्बद्ध निकायले राम्ररी काम गर्ने हो भने नाकामै रोक्न सकिन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...