भारतीय सेनाका रथी काठमाडौंमा

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
भारतीय सेनाका रथी जेएस सन्धुको नेतृत्वमा एक टोली नेपाल आइपुगेको छ । रथी सन्धुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहायक रथी विनोद खरेलले स्वागत गरे ।

नेपाली सेनाका अनुसार रथी सन्धुले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने छन् भने नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेज, नेपाली सैनिक प्रतिष्ठान, नेपाली सैनिक वार कलेज, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण लगायतको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
साथै, रथी सन्धुले नेपाल–भारत संयुक्त सैनिक अभ्यास भइरहेको स्थान नेपाली सैनिक व्याटल स्कुलसहित धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमण पनि गर्ने छन् । रथी सन्धु नेपालमा पुस ९ सम्म रहने छन् ।

नेपाल सरकार र भारतीय सरकार बीच सम्पन्न नेपाल–भारत द्विपक्षीय कन्सल्टटेटिभ ग्रुप अन सेक्युरिटी इस्यु (बीसीजीएसआई) को बैंठकहरुमा भएको सम्झौता अनुसार दुई देशका सेनाका उच्च तथा मध्यम तहका अधिकृतहरुबाट भ्रमणहरु भएका हुन् ।

‘छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले दिएको छ,’ नेपाली सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

कान्तिपुरबाट साभार

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...