आज्ञा खबर
बर्दिबास,
महोत्तरीको बर्दिबासमा शनिवार देखि सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । बर्दिबासमा अत्याधुनिक सेवा सुविधासहितको साई मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालमा आएको हो । अस्पतालले आजैबाट विशेषज्ञ ओपिडी सेवा एकमहिनासम्मको लागि निशुल्क गरेको छ।
एकमहिनासम्मको लागि विशेषज्ञ ओपिडी सेवा निशुल्ग गरिएको र बाँकी जाँचहरुमा पनि ५० प्रतिशत छुट गरेको हस्पिटल सञ्चालक डा. महेश महासेठले जानकारी दिए ।
अस्पतालको नेकपा एमाले सचिव रघुविर महासेठले उद्घाटन गरेका छन् । ३५ शैया क्षमताबाट अस्पतालको सेवा सुरु गरेको सञ्चालक डा. महासेठको भनाई छ।
उनका अनुसार अस्पतालबाट सबै किसिमको स्वास्थ्य सेवा विशेषज्ञ चिकित्सकहरुद्वारा उपलब्ध गराईने छ । नीजि अस्पतालहरुमा बढी खर्च लाग्छ भन्ने भ्रमलाई चिर्न पनि यो अस्पतालले काम गर्ने सञ्चालक महासेठले बताए । उनले अस्पतालबाट सस्तो र गुणस्तरीय सेवा उपलब्ध हुने उल्लेख गरे ।





































