सिपलाई श्रम र श्रमलाई रोजगार संग जोडनुपर्नै कुरामा नेता पोखरेलको जोड्

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
नेकपा माओबादी केन्द्रका उपमहासचिब, पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई उत्पादनसंग जोड्न नसकिएकाले देशमा दक्ष जनशक्तिको अभाव भएको बताएका छन्।

महोत्तरीको बर्दिवास ६ किसाननगरमा शुक्रवार आयोजित कृषी कलेजको भबन शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दे उनले सो कुरा बताएका हुँन। पोखरेलले प्राबिधिक शिक्षालाई  सीप, सीपलाई उत्पादनसँग जोडेपछि मात्र देशमा समृद्धि आउने बताए । उनले उत्पादनसँग जोड्ने जनशक्ति उत्पादन गर्न आफु शिक्षा मन्त्रि हुँदा नीति ल्याइएको प्रस्ट पार।े

पोखरेलले विगतको शिक्षाले जनशक्ति मात्रै उत्पादन गर्दै आएकोले देशभित्र बेरोजगारको संख्या दिन प्रतिदिन बढदैगएकोमा चिन्ता ब्यक्त गरे।
शिक्षाले सक्षम नागरिक उत्पादन हुने भएकोले नेपालको इतिहासमै पहिलो पटक शिक्षा नीति आफु मन्त्री हुँदा ल्याइएको र सोही नीति अनुसारनै विधेयक बनाईएको पोखरेलले प्रस्ट पारे।

उनले अहिलेको शिक्षा नितिले संघ, प्रदेश र स्थानीय सरकारले खेल्नुपर्ने भूमिकालाई समेटेको बताए।
उनले आफु शिक्षा मन्त्रि हुँदा युनेस्को सम्मेलनमा सन् २०३० सम्ममा नेपालमा शिक्षामा के गर्न सकिन्छं भन्ने खाका बनाएर पेश गरेको जानकारी दिए । अहिलेका कलेज तथा बिश्व बिद्यालयमा सुशासनको कमि रहेकोले त्यसलाई सञ्चालन गर्नैले उचित मापदण्ड बनाएर लैजानु पर्ने कुरामा उनको जोड रहेको छ। देशभित्र श्रोत साधनको कमिभएकोले सबैकुराकालागि सरकार माथि मात्रै आश्रित नभएर सिपलाई श्रम र श्रमलाई रोजगार संग जोडनुपर्नै कुरामा पोखरेलले जोड् दिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...