मधुमेह निःशुल्क जाँच

[sharethis-inline-buttons]

आज्ञा खबर
विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले १०६ जना नागरिकको निःशुल्क मधुमेह जाँच गरेको छ।
विश्व मधुमेह दिवसको अवसर पारेर सोमबार अस्पतालले निःशुल्क मधुमेह जाँच गरेको हो। चेकजाँचसँगै अस्पतालले उनीहरुलाई आवश्यक परामर्श समेत दिएको छ।
मधुमेह सम्बन्धी सचेतनाका निम्ति अस्पतालले विगत एक दशकदेखि विश्व मधुमेह दिवस मनाउँदै आएको छ। सोमबार पनि दिवसकै अवसर पारेर लायन्स क्लब अफ विराटनगरसँगको सहकार्यमा अस्पतालले विभिन्न कार्यक्रमको आयोजना गरेको थियो।
मधुमेह र यसले मानव शरीरमा पुर्‍याउने असरका सन्दर्भका आवश्यक सचेतना फैलाउन कार्यक्रमको आयोजना गरिएको अस्पतालका आउटरिच प्रोग्राम को(अर्डिनेटर भारत श्रेष्ठले बताए।
मधुमेह दिवस र सो सम्बन्धि सचेतनालाई दृष्टिगत गर्दै अस्पतालले आगामी एक हप्तासम्म मधुमेहको चेकजाँचमा छुट समेत दिने भएको छ। आगामी एक हप्तासम्म मधुमेहको चेकजाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...