आज्ञा खबर ३० वर्ष कैद सजाय तोकिएपछि फरार भएका एक जना प्रतिवादीलाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका –८ घर भएका २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्रीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला अदालत बर्दियाको २०७३ पुस २४ मा उनलाई कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैद र प्रहरी घेरा तोडेर भागेको मुद्दामा समेत ३० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । मुद्दा फैसला पछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।ठाकुरबाबा नगरपालिका–८ बस्ने ६९ वर्षीय जोरा सिंह भन्ने जोरे थापा आफ्नै घरको बरन्डामा सुतिरहेको अवस्थामा २०७२ फागुन ५ गते राति अजिवले घरायसी रिसइबीका कारण दाउ प्रहार गरेर हत्या गरेका थिए । हत्या आरोपमा त्यतिवेला पक्राउ परेका बुढाक्षेत्री २०७२ फागुन ३० गते बर्दिया जिल्ला अदालतमा उपस्थित भएर बयान सकिएपछि शौचालय जान्छु भन्ने बहाना गरेर भागेका हुन् । उनी शौचालयको भेन्टिलेसनबाट निस्केर फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
पक्राउ पछि उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया चलान गरिएको छ ।साभार: रातोपाटि
३० वर्ष कैद तोकिएका फरार प्रतिवादी कारागार चलान

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech