महोत्तरीबाट भारतीय नक्कली नोट सहित दुई जना पक्राउ

[sharethis-inline-buttons]

बिबेक कुमार महतो,

गौशाला

महोत्तरीको मटिहानीबाट भारतीय नक्कली नोट सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  भारतको  मधुवनी बेनीपट्टी कटैया बस्ने  बर्ष ३५ को सुनिल कुमार शास्त्री र  सितामढी चोरौत पूर्वी वडा न.१ बस्ने  वर्ष २४ को मनिष कुमार पासवान रहेको प्रहरीले जनाएको छ ।

गत १४ गते  मटिहानी नगरपालिका वडा नं. ८ स्थित धान बजार चौकमा दुई जना भारतीय नागरिकहरू भारतीय नक्कली नोट बोकी सामान खरिद गर्न आएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अबस्थामा रहेका ती दुबै जनालाई नियन्त्रनमा लिई खोज तलाशी गर्दा सुनिल कुमार शास्त्रीको साथबाट रु. २ हजार २ सय भारतीय नक्कली नोट, भिवो कम्पनीको मोवाईल र निजको आधार कार्ड फेला परेको र मनिष कुमार पासवानको साथबाट रेडमी कम्पनीको मोवाईल र निजको आधार कार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

घटना बारे दुबै जनाको महोत्तरी जिल्ला अदालतबाट ७ दिने म्याद थप गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखि मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा थप अनुसन्धान गरि रहेको प्रहरी नायव उपरीषक सन्तोष कुमार पोखरेलले बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...