निर्वाचनमा खटिने पर्यवेक्षकका लागि दुई दिने प्रशिक्षण

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं– निर्वाचनमा खटिने पर्यवेक्षकका लागि दुई दिने प्रशिक्षण कार्यक्रम बिहीबारदेखि नुवाकोटमा सुरु भएको छ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक को आयोजनामा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि पर्यवेक्षणमा खटिएका पर्यवेक्षकका लागि प्रशिक्षण सुरु गरिएको हो। उक्त प्रशिक्षणमा ७७ जिल्लाका संयोजक तथा सातै प्रदेशका संयोजकको सहभागिता रहेको छ।
मुख्य निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परीवेक्षणका लागि ४० वटा संस्थाले अनुमति मागे पनि ७७ जिल्लाको प्रतिवेदन दिने आधिकारिक संस्था नियोक रहेको दाबी गरे।वेक्षण गर्ने विभिन्न संस्थाको भीडमा निर्वाचन आयोगले नियोकलाई मात्र विश्वास गर्न सक्ने उनको भनाइ छ। प्रमुख आयुक्त थपलियाले नियोकले गर्ने पर्यवेक्षण सत्यतामा आधारित र विश्वास योग्य हुने दाबी गरे।
यस्तै आगामी निर्वाचनका लागि खर्चको सिलिङ तोकिएकाले उम्मेवारालाई घुम्न, मतदाता भेट्न र मतदानका दिन राखिने उसका प्रतिनिधिलाई आधार मान्दै त्यसको खर्चको सीमा निर्धारण हुने प्रमुख थपलियाले बताए।
यस्तै प्रशिक्षणमा एनडीआई नेपालका कन्ट्री डाइरेक्टर बेबोरा हेलिले नेपालमा हुने निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि नियोक विश्वसनिय संस्था रहेको दाबी गरे।
यस्तै पूर्व निर्वाचन आयुक्त एव् नियोकका निवर्तमान अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न नियोकको भूमिका महत्वपूर्ण रहेको बताए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...