नेसपाको विस्तारित बैठक सर्लाहीमा सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक तथा अभिमुखी कार्यक्रम सर्लाहीको मंलगवामा सुरु भएको छ ।

पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महेन्द्रराय यादवको उपस्थितिमा भएको सो कार्यक्रममा मधेश प्रदेश समिति चयन गर्नुको साथै चुनावमुखी प्रशिक्षण समेत दिइने जनाइएको छ ।

नेसपाका केन्द्रीय सदस्य दीपक महतोका अनुसार मधेश प्रदेशको कार्यसमिति गठन गर्नुको साथै चुनावका लागि उम्मेदवार चयनलगायतका विषयमा अध्यक्षहरूबाट प्रशिक्षण दिइनेछ ।​

जसपाबाट अलग भएर बनेको नेसपा माओवादी केन्द्रको चुनाव चिन्हबाट अगामी चुनावमा भाग लिनेछ ।

त्यसका लागि सो पार्टीले जिल्लाबाट उम्मेदवार सिफारिसको कामलाई पनि अगाडी बढाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...