आज्ञा खबर
काठमांडौ
प्रतिनिधिसभाको साेमबारकाे बैठक दिउँसाे १ बजेका लागि तय गरिएकाे छ।
आजकाे बैठकले कांग्रेस नेता तथा सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने तयारी छ।
शनिबार निधन भएका नेता गिरिकाेप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोक प्रस्ताव पारित गर्ने तयारी रहेकाे प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।
नेता गिरि २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट पहिलोपटक सांसदमा निर्वाचित भएका थिए।
क्यान्सर रोगबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो। आइतबार उनको पशुपति आर्यघाटमा अन्त्यष्टि भएको छ।





































