आज्ञा खबर
काठमांडौ
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।





































