आज्ञा खबर
महोत्तरी
नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका कार्यसमिति सदस्य तथा बर्दिवास नगर पत्रकार सञ्जालका अध्यक्ष ललन कुमार मण्डललाई समाचार संकलनको क्रममा हातपात एवं दुब्र्यवहार गरिएको घटनाप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखा लगायत पत्रकार सम्बद्ध बिभिन्न संघ संस्थाले जनाएको छ ।
गत सोमबार समाचार संकलन गर्ने क्रममा गौशाला बजार पुगेका मण्डलमाथि कुटपिट भएको हो ।
बुधवार नेपाल पत्रकार महासंघ महोत्तरी शाखो प्रेस युनियन महोत्तरी प्रेस संगठन , प्रेस चौतारीले विज्ञप्ती जारी गर्दै समाचार संकलनको क्रममा पत्रकार मण्डलमाथि गरिएको कुटपिट र अभद्र व्यवहार अमर्यादित र दण्डनीय अपराध भएको बताएका छन् ।
‘समाचार संकलनको क्रममा पत्रकार मण्डलमाथि कुटपीट र अभद्र व्यवहार गर्नु अमर्यादित र दण्डनीय अपराध भएको ठहर गर्दै पेसागत दायित्व निर्वाह गरि नागरिकलाई सुसूचित गर्ने पत्रकारमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दछ,’ जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
साथै घटनाको निष्पक्ष छानविन र दोषी समुह उपर हदैसम्म कार्वाहीको लागि सम्वद्ध निकायसंग जोडदार माग समेत गरेको छ ।





































