आज्ञा खबर
सर्लाही
प्रहरीको गस्ती टोलीले सर्लाहीबाट प्रतिबन्धित लागूऔषध गाँजा बरामाद गरेको छ ।
प्रहरीको गस्ती टोलीले सर्लाहीको लालबन्दी नगरपालिका १६ स्थित बा ६ च ८६६६ नम्बरको पिकअप गाडीबाट ४५ केजी गाँजा बरामद जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पिकअप गाडीलाई संकाको आधारमा रानीगंजतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले पिछा गर्दै जाँदा मिलन चोकमा गाडीलाई छाडेर जंगल नजिक चालक भागेको प्रहरीले जनाएको छ ।
प्रहरीले पिकअप गाडीको पछाडी भागको फल्स बटनमा बनाई लुकाई छिपाई राखेको ५ वटा पोका रातो र १ वटा पोका सेतो प्लास्टिकले बेरेको गरि ६ वटा पोका गाँजाको बरामद गरेको प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
फरार भएका चालकको खोजतलास भइरहेको र घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।





































