कांग्रेसले देशव्यापी विशेष अभियान चलाउने

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ

नेपाली कांग्रेसको सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको छ ।
कांग्रेसले आगामी भदौ २ गतेदेखि २४ गतेसम्म चुनावलक्षित विशेष अभियान सञ्चालन गर्ने जनाएको छ ।

अभियानको खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।
बैठकले सत्तारूढ दलहरूसँग आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णयसमेत गरेको छ ।

गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ ।

गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।