आज्ञा खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ४१, भक्तपुरमा १ र ललितपुरमा ५ जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३५२ पुगेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लासहित आज २२ जिल्लामा कोभिड १९ संक्रमित थपिएका छन् । देशभरका आज देशभर रहेका ५६४ जना सक्रिय संक्रमितमध्ये ५५५ जना होम आइसोलेसनमा र ९ जना संस्थागत आइसोलेसनमा छन् । अस्पतालमा रहेकामध्ये ७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।