आज्ञा खबर
भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा स्कुले बालबालिका समेत रहेका जनाइएको छ । दुर्घटनामा १६ जनाको ज्यान गएको हुनसक्ने आशङ्का गरिएको छ।
हिमाञ्चलको कुल्लु जिल्लाको निओली शम्शेर सडक खण्डमा बिहान बस पल्टिएको हो।दुर्घटनामा घाइते भएकाहरुकाे स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । | एजेन्सी





































