२४ घण्टामा ४१ जनामा काेराेनाभाइरस सङ्क्रमण

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाण्डौ – पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ५८ जनाको नमुना परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २० जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिले दुई सय आठ सय सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन ।

थप एक लाख २७ हजार सात सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...