बर्दिवास,असार ७ गते ।
अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले लगायत सहभागी भएका छन् ।
कार्यक्रममा सहभागीहरुले योगाभ्यास गरेका थिए ।अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आजै बिहान काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा पनि प्रधानमन्त्री देउवा र सरकारका मन्त्रीहरू सहभागी भए ।
संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गरेका थिए ।