बाराका इन्जिनियर जैसवालको दुरुत्साहन मुद्दा दर्ता गर्न प्रहरीको आनाकानी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बारा
मिटरब्याजीको ब्याज तिर्न नसकेपछि सुसाइड नोट लेखेर विष सेवन गरी आत्महत्या गरेका बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४ स्थित दहियारमा इन्जिनियर प्रभात जैसवालको जाहेरी जिल्ला प्रहरी कार्यालय बाराले दर्ता गर्न आनाकानी गरेको पीडित परिवारको आरोप छ । घटनापछि जिल्ला प्रहरी कार्यालय बाराका मुद्दा शाखाका इन्स्पेक्टर सुरेन्द्र यादव र जाहेरीमा नाम भएका मिटरब्याजीहरुको उठबस बढेको बारामा कार्यरत एकजना प्रहरी अधिकृतले सञ्चारकार्मी संग भनेका छन।

जेठ ९ मा आफ्नै घरमा मृत भेटिएका जैसवालको शवसँगै पर्समा सुसाइड नोट भेटिएको थियो ।
पर्साको बहुअर्वामा डिस्टिलरी कम्पनी सञ्चालन गरिरहेका इन्जिनियर जैसवालले नोटमा लेखेका छन् –‘मिटर ब्याज तिर्न नसकेपछि अप्रिय निर्णय लिएँ ।’ मृतकले ८ जना मिटरब्याजीको नाम पनि सो नोटमा लेखेका छन् ।
मिटरब्याजीहरुको विरुद्ध परिवारले आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएपनी मुद्दा दर्ता भएको छैन।
लामो समय बाराको मनर्वामा रहेको रियालन्स चिनी मिल काम गरेका इन्जिनियर जैसवालले पछिल्लो समय डिस्टिलरी उद्योग सुरु गरेका हुन् । बारामा एसपी दिलीप सिंह देउवाले दुरुत्साहन मुद्दा दर्ता गर्ने प्रक्रिया भएको बताउँदै सञ्चारकर्मीसँग भने–‘मृतकका आफन्तलाई सम्झाएर पठाएका छौँ, चिठी र मृतकको हस्ताक्षर परीक्षणको लागी विधि विज्ञान प्रयोगशालामा पठाएका छौँ ।’ विधि विज्ञान प्रयोगशालाबाट हस्ताक्षर म्याच भएर आएमा मात्र मुद्दा दर्ता गरिने एसपी देउवाले बताए । प्रभातको शव पोस्टमार्टम पछि परिवारले दाहसंस्कार गरेका छन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...