आज्ञा खबर
चितवन:निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परि एक महिला बेपत्ता भएकी छिन् ।
भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाईबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हराइरहेकी महिलाको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको नरहरि अधिकारीले बताउनुभयो
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य गरिरहेको छ ।