मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि चारपांग्रे सवारी नकिन्ने

आज्ञा सम्वाददाता
धनुषा
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि चारपांग्रे सवारीसाधान खरिद नगने भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चारपांग्रे सवारीसाधान खरिद गर्न रकम विनियोजन नगर्ने भएको हो ।

मधेस सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९–८० को बजेट विनियोजन विधेयक पेस गर्दै सवारीसाधन खरिदमा रोक लगाएका हुन् ।

उनले ‘आगामी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि चारचक्के सवारीसाधन खरिद गरिने छैन,’भन्दैे प्रस्तुत गरेको बजेटमा बाचन गरेका छन ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...