मधेश प्रदेश : झण्डै ४२ अर्बको बजेट ल्याउँदै

[sharethis-inline-buttons]

बर्दिवास, असार १ गते ।

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रदेशसभाबाट ल्याउँदै छ । आज दिउँसो चार बजे प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेपछि सो बजेट पारित गरिनेछ ।मधेश प्रदेश सरकारले असार १ सम्ममा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि करिब ४२ अर्ब रुपैयाँको बजेट प्रदेशसभामा पेस गर्ने भएको छ ।

चालू आर्थिक वर्षमा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षभन्दा ९ अर्ब बढी ४२ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउन लागेको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले जानकारी दिएका छन् । प्रदेश सरकारले सबैभन्दा बढी यसपटक पनि भौतिक पूर्वाधार निर्माणमा बजेट छुट्याएको छ ।

अघिल्लो पटक प्रदेश सरकारले सुरु गरेका आयोजनाको कार्यलाई निरन्तरता दिएका छन् । यसअघि नै सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गरिसकेको छ ।रातो पाटी