मधेश सरकारले आज बजेट ल्याउँदै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट मधेश प्रदेश सरकारले आज ल्याउँदै छ ।
कानुनी व्यवस्था अनुसार हरेक बर्षको असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने भएकाले मधेश प्रदेश सरकारले पनि आज बजेट ल्याउन लागेको हो । बजेट चालु आर्थिक वर्षभन्दा बढी रकमको ल्याउने तयारीमा मधेश सरकार छ । यस बर्ष करिब ४० अर्ब बजेट मधेश सरकारले ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

आज दिउसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।