आज्ञाखबर
वीरगञ्ज महानगरपालिकाले ज्यालादारी कर्मचारी हटाएको छ ।
तत्कालिन मेयर विजय सरावगीले नियुक्त गरेका २०७८ वैशाखदेखि कार्यरत भई दैनिक ज्यालादारीमा कामगर्दै आएका सबै कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्म हटाएको प्रमुख प्रशासकिय अधिकृत बलराम ढकालले सोमबार सूचना जारी गर्दै जनाएका छन।
वीरगञ्ज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र अन्तर्गत रहेका सबै वडा कार्यालय, स्वास्थ्य चौकी र केन्द्रमा तत्कालिन मेयर विजय सरावगीले सयौं ज्यालादारी कर्मचारी नियुक्त गरेका थिए । उनीहरुलाई ०७९ असार १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको जारी सूचनामा उल्लेख छ ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित अन्य पालिकाका जनप्रतिनिधिहरुले पनि ज्यालादारी कर्मचारी हटाएका छन् । लहानका मेयर महेश चौधरीले पनि ९४ ज्यालादारी कर्मचारी हटाइसकेका छन्।