आज्ञा सक्वाददाता
पर्सा
भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको १ सय १३ वटा अबैध कछुवा सहित पर्साबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ का ४५ वर्षीय आनन्दलाल टेमानी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सोमबार विहान वीरगञ्ज महानगरपालिका १६ ईनर्वा गाउँको बाटो हुँदै सो कछुवा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सूचनाको आधारमा भारतीय नम्बर प्लेटको मोटरसाईकल रोकी चेकजाँच गर्दा टेमानीलाई पक्राउ गरिएको हो ।
टेमानीलाई भारतीय नम्बरको मोटरसाइकल र कछुवा सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
अबैध कछुवा सहित बीरगंजबाट एकजना पक्राउ
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































