आज्ञा सम्वाददाता
पर्सा
आफ्नै भिनाजुसहितका आफन्तले राजेश रामको हत्या गरेको अभियोगमा पर्साबाट ५ जना पक्रउ परेका छन ।
पक्राउ पर्नेहरुमा ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवि, ३५ वर्षीया सुनिता देवि र २२ वर्षीया रिन्कु देवि रहेका छन् । प्रहरीले उनीहरुलाई सोमबार सार्वजनिक गरेको हो ।
पर्साको बहुदरमाइ नगरपालिका–५ का राजेश रामको शव जगरनाथपुर गाउँपालिका–६ स्थित खोल्सोमा बरामद भएको थियो ।
शनिबार भिनाजु हिरामन महराको घरमा पहुना लाग्न गएको बेला राजेशलाई हिरामनले आफ्नै
परिवारकी एक महिला सदस्यसँग अवैध शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा फेला पारेका थिए ।
घटनापछि हिरामन र परिवारका सदस्यहरु मिलेर राजेशको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । प्रहरीको अनुसन्धान अनुसार राजेश रामको हत्यापछि महराको परिवारले उनको शव खोल्सामा लगेर फ्याँकिदिएको बताईएको छ ।