आज्ञा सम्वाददाता
महोत्तरी
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरीबाट एक जना युवक पक्राउ परेका छन् ।
पक्रउ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जितेन्द्रले ती १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।





































