मधेसका जनप्रतिनिधिको प्रशिक्षण बर्दिवासमा शुरु

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
मधेस प्रदेशका ६ जिल्लाका पालिका प्रमुख र उपप्रमुखहरुको प्रशिक्षण सुरु भएको छ ।
नवनिर्वाचित पालिका प्रमुख र उपप्रमुखहरुलाइ प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले महोत्तरीको बर्दिबासमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासको लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन ।

उनले विकासको मुख्य थलो स्थानीय तह भएकाले तीनै तहबीच समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन । ‘संघीय सरकार वा प्रदेश सरकार ,स्थानीय सरकार सबैले स्थानीय तहकै गाउँठाउँमा विकास गर्नुपर्ने भएकाले तीनै तहको सरकारबीच समन्वय र सहकार्यविना विकास सम्भव नभएको प्रस्ट पारे।
स्थानीय सरकारले ल्याउने विकास निर्माणको योजनाहरुमा काँधमा काँध मिलाएर प्रदेश सरकार अघि बढ्न प्रतिवद्ध रहेको भन्दै
विगतमा संघीय सरकारले कर्मचारी समायोजन तथा वित्तीय बाँडफाँटमा गरेको विभेदका कारण स्थानीय तहलाई विभिन्न समस्या झेल्नु परेको बताए।

प्रशिक्षण मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउतको अध्यक्षतामा भईरहेको छ । तीन दिनसम्म चल्ने प्रशिक्षणमा धनुषा र पर्साबाहेक ६ जिल्लाका पालिका प्रमुख र उपप्रमुखहरुको सहभागीता रहेको छ ।