चुनावमा अन्तरघात गरेको भन्दै पार्टीबाट निकालिए हरिनारायण महतो

[sharethis-inline-buttons]

धनुषा-
चुनावमा अन्तरघात गरेको भन्दै नेकपा एमालेले पार्टीका केन्द्रियदेखि जिल्ला सदस्य स्तरका नेताहरुलाई कारबाही गरेको छ ।
कारबाहीमा धनुषाको मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतो पनि परेका छन् ।केन्द्रीय सदस्य समेत रहेका हरिनारायणलाई एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको हित विपरित कार्य गरेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरिएको हो ।

महतो एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका छन् । चुनावमा एमालेले मिथिला नगरपालिकामा मेयर पदमा राजाराम महतोलाई उम्मेदवार बनाएपछि हरिनारायण स्वगतन्त्र बागी उम्मेदवारी दर्ता गराएका थिए । उनलाई ओलीले पछि व्यवस्थापन गर्ने आश्वासन दिएपछि उम्मेदवारी फिर्ता लिएका थिए ।उनले पार्टीका उम्मेदवारलाई हराउने गतिविधिमा लागेकाले पार्टीबाट निष्कासन गरिएको एमाले प्रदेश कमिटी विशेष श्रोतले जनाएको छ ।

हरिनारायण लगायत स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय विपरित विद्रोह र अन्तरघात गरेको भन्दै प्रदेश कमिटि सदस्य जनकपुरका सरोज कुमार मिश्र जनकपुरधाम, गणेशमान चारनाथ नगरपालिकाका जिल्ला कमिटि सदस्य महेन्द्र महतो र सबैलाका जिल्ला कमिटि सदस्य राजु गुप्ता लगायत कारबाहीमा परेका छन् ।उनीहरुलाई कारवाहीका लागि जिल्ला कमिटिले निर्णय गरि प्रदेश कमिटिमा पठाएकोमा जिल्ला कमिटिको सो निर्णय विद्यान सम्वत रहेको भन्दै गत २२ गते नै प्रदेश कमिटिले कारafहीको सो निर्णय अनुमोदन गरेको स्रोतले जनाएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...